जब छोरीको यो व्यवहारले अनिल कपुर रिसाए, सार्वजनिक रुपमै ‘चिच्याए’
5.6K
अनिल कपुरकी छोरी सोनम कपुर अनुशासनको मामलामा कति कडा छन् भन्ने एउटा उदाहरण उनले केही दिन अघि दिएका छन् । एक अवार्ड कार्यक्रममा अनिल र सोनम दुबै संलग्न थिए । इभेन्टमा फिल्म ‘निरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध रोय चौधरीलाई सन् २०१६ को ‘बेस्ट फिल्ममेकर’ को अवार्ड प्रदान गरियो । यसै क्रममा जब अनिल आफ्ना दाइ बोनी कपुरसँगै यी निर्देशकलाई अवार्ड दिइरहेका थिए तब उनले ‘निरजा’ को पूरा समूहलाई मञ्चमा बोलाए । तर सोनम गायब थिइन् । उनी स्टेजबाहिर बसेर आफ्नो साथीसँगै कुराकानी गर्नमा व्यस्त थिइन् । अनिलले मंचबाट उनलाई थुप्रै पटक उनलाई बोलाए तर सोनमले सुनिनन् ।
अन्तिमम, अनिलले माइकमा सबैको अगाडि भन्नुपर्यो ‘सोनम, तिम्रो बुवाबाट केही सिक’ । त्यसपछि सोनमले अनिललाई ध्यान दिइन् र चाँडै मञ्चमा उपस्थित भइन् । तर उनी धेरैबेर त्यहाँ बसिनन् । निर्देशकले अवार्ड लिएपछि उनी तत्काल त्यहाँबाट निस्किइन् । सोनमले राम माधवनीको भाषण पनि सुनिनन् ।