जान्नुस्, शाहरूखको 'रईश' १०० करोड नजिक पुग्दा ऋतिकको 'काबिल' कहाँ छ?
3.7K
बुधबार रिलिज भएको शाहरुख खान स्टारर 'रईश'ले कमाइको मामिलामा सोही दिन रिलिज भएको ऋतिक रोशनको 'काबिल'लाई धेरैले पछि पारेको छ। रिलिजको पाँचौ दिन आइपुग्दा 'रईश'ले ९३.२४ करोड भारूको कमाइ गरेको छ। फिल्मले छैटौं दिनमा १०० करोडको आँकडा पार गर्ने बताइएको छ।
त्यसैगरी काबिलले भने ३८.८७ करोड कमाइ गरेको छ। 'रईश'ले ३२०० पर्दाबाट उक्त कमाइ गरेको हो भने 'काबिल'ले २२०० पर्दाबाट। बलिउड फिल्म व्यापार विज्ञहरूले दुई फिल्मको यस वक्स अफिस प्रदर्शनलाई व्यावसायिकरूपमा राम्रो भएको जनाएका छन्।
धेरै पर्दामा रिलिज पाएको 'काबिल'को 'माउथ पब्लिसिटी' राम्रो भएकाले फिल्म थप पर्दामा विस्तार हुने उनीहरूको भनाइ रहेको छ। यसले फिल्मलाई व्यवसायिकरूपमा थप मद्दत गर्ने फिल्मका वितरक अक्षय राठीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।