नागरिक पोष्ट News


पुदिना र रौंले भगाउनेछ घरमा मुसाको आतंकलाई

3.8K
 मुसाबाट पार पाउनका लागि बजारमा स्प्रे, औषधी आदि इत्यादि ल्याएर त्यसलाई भगाउने गर्दछन् तर केही दिन भित्रै मुसाले भान्छामा डेरा जमाइसकेको हुन्छ ।

मुसा आफूलाई वरिपरिको वातावरण अनुकुल बनाउन सिपालु हुन्छन् । घरमा मुसा हुँदा खानेुकरा, लत्ता कपडा आदि इत्यादि खराब त हुने नै भए । यसका साथै यसले अनेक रोग पनि फैलाउने सम्भावना निम्त्याउँछ । जसमा सबैभन्दा खतरनाक रोग हो रेबिज । यस्ता समस्या निम्तिन नदिन तपाईं केही घरेलु उपायको मद्दत पनि लिन सक्नुहुन्छ जुन निकै सहज र उपयोगी पनि छन् ।

पुदिनाको प्रयोगः

यदि मुसाले तपाईंको घरमा डेरा जमाएको छ भने त्यसका लागि तपाईंले पुदिनाको प्रयोग गर्नसक्नुहुन्छ । मुसा पुदिनाको बास्ना सहन सक्दैनन् । यसका लागि तपाईं पुदिनको तेलमा कपासको टुक्रालाई डुबाएर मुसा आउने ठाउँमा राख्नुहोस् । यसो गर्दा मुसा तपाईंको घर छोडेर भाग्छ ।

कपाल (रौं) को प्रयोगः

घरमा मुसाको आतंक फैलिएको छ भने यसबाट पार पाउनका लागि कपाल (रौं) को प्रयोग गर्नुहोस् । मुसाले मानव कपालको दृष्टि सहन सक्दैन र थुप्रै पटक मुसाले कपाल खाने गर्दछन् जसका कारण मुसा तपाईंको घरबाट भाग्ने गर्दछ ।

फिनाइलको चक्कीः

फिनाइलको चक्कीलाई कपडामा राखेर मुसाबाट बचाउन सकिन्छ । यसो गर्दा मुसा घरभित्र नै आउँदैन ।

रातो खुर्सानीः

रातो खुर्सानी मुसालाई भगाउनका लागि निकै सहयोगी साबित हुन्छ । जहाँबाट मुसा आउँछ त्यहाँ रातो खुर्सानीको पाउडर हाल्नुहोस् ।

प्याजः

 प्याजको गन्ध मुसालाई मन पर्दैन । यसको प्रयोग गरेर हामी मुसालाई घरबाट भगाउन सक्छौं ।

तेजपातः

हुन त तेजपातलाई पुलाउ वा विशेष तरकारीमा हालिन्छ तर मुसा भगाउनका लागि पनि यो निकै सहयोगी साबित हुन्छ ।

Must View