नागरिक पोष्ट News


जनस्वास्थ्यमाथि स्वास्थ्यकर्मीको खेलवाड, पोलियो अभियान रोक्ने प्रयास

4.3K
प दस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् ।शनिबार १५ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ ।

स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि तराईका १२ र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम हुन सकेको थिएन । भोलि शनिबार र पर्सि आइतबार कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

तर, हेल्थपोष्ट इन्चार्ज बनाउन माग गर्दै आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियानमा असहयोग मात्कार होइन, अवरोध गरेका छन् । जनआन्दोलन सफल भएपछि तत्कालीन सरकारले करिव ३ हजार ९ सय अहेबको दुई तह बढुवा गरेको थियो । तर, लोकतान्त्रिक बढुवा खाएपनि शैक्षिक योग्यता नपुगेका कारण उनीहरुले त्यस अनुसार जिम्मेवारी पाएका थिएनन् । गगन थापा स्वास्थ्यमन्त्री भएपछि समस्या समाधानका लागि पहल गरेका छन् ।

तर, आन्दोलनरत कर्मचारीहरुले भने हेल्थपोष्ट इन्चार्ज बनाउनु पर्ने अडान राख्दै आएका छन् । पछिल्लो समय भएका वार्ताहरुमा सहमति हुन नसकेपछि उनीहरुले पोलियो अभियानलाई नै अवरुद्ध पार्ने प्रयास थालेका छन् ।

मन्त्री थापाले भने पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको र स्वास्थ्य सेवा ऐन संशोधन गरी ३ महिनाभित्र समस्याको समाधान गर्न प्रतिबद्धता जनाएका छन्, र स्वास्थ्यकर्मीहरुलाई आ-आफ्नो काममा र्फकर्न आहृवान गरेका छन् । -Onlinekhabar

Must View