नागरिक पोष्ट News


पत्रकार रवीन्द्र मिश्रको पार्टीमा को को छन् ? पार्टी घोषणाको अन्तिम तयारी

3.7K

 पत्रकार रवीन्द्र मिश्र बीबीसी नेपाली सेवा छाडेर नयाँ पार्टी घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् । उनी अहिले आफ्नो टिमसँग व्यापक छलफलमा व्यस्त छन् । मिश्रको पार्टीमा मुमाराम खनाल रहने छन् । उनले आफू रवीन्द्र मिश्रको टिममा रहेको स्वीकार गरे । पूर्व माओवादी खनाल डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा पनि थिए । तर, नयाँ शक्ति पनि छाडेर रवीन्द्रतिर लागेका छन् ।

यस्तै अधिवक्ता ओमप्रकाश अर्याल पनि रवीन्द्रको नयाँ पार्टीमा लाग्ने भएका छन् । उनकै मुद्दामा सर्वोच्चले अख्तियारका तत्कालीन लोकमानसिंह कार्कीको नियुक्ति खारेज गरेको थियो, जसका कारण उनी निकै चर्चामा आए ।

मिश्रले गठन गर्ने पार्टीमा पूर्वसचिव किशोर थापा, पूर्वाधारविद् सूर्यराज आचार्य लगायत पनि रहेको बताइएको छ । यसबारे जिज्ञासा राख्दा पूर्व सचिव थापाले औपचारिक रुपमा केही बोल्न नमिल्ने बताएका छन् ।

रवीन्द्र मिश्रसहितको टोलीले केही दिनमा नै पार्टीको औपचारिक घोषणा गर्ने बताइएको छ ।  यो दलले वैशाख ३१ मा हुने स्थानीय चुनावमा भने भाग लिन पाउने छैन । आयोगले माघ १७ भित्र दर्ता भएका ११० दलले मात्र चुनावमा भाग लिन सक्ने बताएको छ ।

 

Must View