स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते
१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
देशभरिका विद्यालय बैशाख २५ देखि ३१ सम्म बन्द हुने, आयोगले माग्यो शिक्षकको विवरणकाठमाडौं । निर्वाचन आयोगले बुधबार सरकारका नाममा १९ बुँदे निर्देशन जारी गरेको छ । आयोगले आगामी बैशाख २५ गतेदेखि ३१ गतेसम्म देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्न र मतदानस्थलका रुपमा प्रयोग हुने विद्यालय कम्पाउण्डहरु मर्मत गर्न भनेको छ ।
निर्वाचन आयोगले देशैभरिका शिक्षकहरुको विवरण एक साताभित्र निर्वाचन आयोगसमक्ष पठाउन भनेको छ । साथै चाहिएका बेला कर्मचारीको व्यवस्था गर्न र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध गर्न पनि सरकारलाई निर्देशन दिएको छ आयोगले चुनावको तयारीमा खटिने निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको सुरक्षा प्रवन्ध गर्नका साथै चाहिएका बेला उपलब्ध हुने गरी हवाइ टिकट र हेलिकोप्टरको समेत व्यवस्था गर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।