राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त
3.7K
२१ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।
२०७३ पुष २१ गते १२:३७ मा प्रकाशित