नागरिक पोष्ट News

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव रहने

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,

जुलाई महिनाको अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी

काठमाडौं । सन् २०२३ को जुलाई महिनाको तापक्रमले रेकर्ड तोडेको छ । आज जुलाई २८ तारिख भएको छ । अझै केही दिन बाँकी रहेकाले वैज्ञानिकहरुले यो वर्षको जुलाई महिना अहिलेसम्मकै बढी गर्मी हुने दाबी गरेका हुन् । वैज्ञानिकहरुले सन् २०१९ को कीर्तिमान तोड्नेगरी गर्मी भएको दाबी गरेको बीबीसीले खबरमा लेखेको छ । आगामी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रंगशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए । सो रङ्गशालामा

आईटी जनशक्तिलाई देशभित्रै सम्मानजनक काम गर्ने वातावरण बनाउँछौंः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताउनुभएको छ । काठमाडौंस्थित सफ्टवेरिका कलेजले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी कार्यक्रम उद्घाटनका क्रममा सूचना प्रविधि

होचा / पुड्का व्यक्तिहरूको सुविधाको लागि सामुहिक बस्ती बसाउने लक्ष्यले जग्गाको खोजी (भिडियो सहित)

सबु बसनेत, काठमाडौँ । होचा / पुड्का व्यक्तिहरूको सुविधाको लागि सामुहिक बस्ती बसाउने लक्ष्यले जग्गाको खोजी भइरहेको छ ।  होचा / पुड्का सङ्घ र अभियन्ता, समाजसेवी शान्त शर्माले होचा / पुड्का व्यक्तिको शारिरीक बनावट अनुसार सुविधा हुने गरी  सामुहिक बस्ती बनाउन जग्गाको खोजी भइरहेको जानकारी गराउनुभएको हो ।  अभियन्ता

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौँ  । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका

टोखा नगरपालिकाभित्रका अवैध संरचना हटाइए

काठमाडौँ  । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध

कुल पोष्ट : 8183