२०१७ को मिस नेपाल निकिता , सन् १९९४ देखिका मिस नेपाल को को थिए ?
२०१७ को मिस नेपालको ताज तराईकी मारवाडी चेलीको शीरमा पुगेको छ । मिस नेपाल भएपछि एक अन्तरवार्तामा निकिताले भनेकी छिन्, ‘मारवाडी भन्नसाथ इन्डियन फिचर त भइहाल्छ । तर, मैले विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्नेछु । यसकारण म नेपालभरकी प्रतिनिधि हुँ ।’ को हुन निकिता ? निकिताले भारतको
नीकिता चन्दक लाई मिस नेपाल’को उपाधि
सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकी छिन् । उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी हुन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट
इटहरी हाँक्ने सारथीहरु को को ? राजनीतिक विश्लेषणसहित प्रदेश नं १ को राजधानी इटहरी उपयुक्त
टहरीलाई व्यापारिक शहर (बिजनेस सीटी) का रुपमा लिइने गरिएको छ । धरान र बिराटनगर जाने मध्यमार्गमा पर्ने इटहरी विगत केही वर्षयता तीव्र शहरीकरण भइरहेको उदीयमान नगर हो । अहिले यो शहरलाई ‘बिजनेस सिटी’ मात्रै भन्दा उसमाथि न्याय नहुन सक्छ । किनभने यहाँ गैरव्यापारिक नागरिकहरुको बसोबास ह्वात्तै बढेको छ । शिक्षा
काठमाडौंका मेयर र उपमेयरले सम्हाले आफ्नो पदभार
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले बुधबार सपथ लिनुका साथै पदभार सम्हालेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए । काठमाडौंका मेयर र उपमेयरले सम्हाले
अब स्थानीय तहमा प्रदेश र संघले लगाउने अतिरिक्त कर, यस्ता छन्
सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट बनाउनु पर्नेछ । संविधानले स्थानीय तहलाई आर्थिक तथा कानुन बनाउनेसमेत अधिकार प्रदान गरेको छ । यसले त्यहाँका नागरिकले
यात्रा यार्सागुम्बा संकलनको रोचक कथा–ब्यथा !
वर्षे झरी अर्थात मनसुन शुरुहुनु अघि यार्सागुम्बा टिपीसक्नुपर्छ । बाह्र हजार फिटमाथि हिउ पग्लिइसकेपछि हिमाली पाटन र भीरपाखाहरुमा यार्शागुम्बा उम्रन थाल्दछ । यतीनै बेला यो संकलन गरिन्छ । झुसिल्किराको जीउबाट वनस्पति भएर उम्रने यार्सागुम्बा ज्यादै बहुमूल्य जटिबुटी मानिन्छ । उच्च हिमाली क्षेत्रमा वर्षामा
जनचेतनाका लागि ! सडकमा जथाभावी बाटो काट्नेहरु ट्राफिक प्रहरीहरुको जरिवाना र निगरानीमा
एकदिनमै जथाभावी बाटो काट्ने साढे ३३ सय यात्रु कारबाहीमा ट्राफिक प्रहरीले एकैदिन अर्थात ट्राफिक सडक नियम लागू भएको दिन २०७४ बैशाख १६ गते काठमाडौं उपत्यकाका सठकमा जथाभावी बाटो काट्ने ३ हजार ३ सय ५० जनालाई नियनत्रणमा लिएर कारबाही ग¥यो ।। यसमध्ये २ हजार १ सय २० जनाले २ सय रुपैयाँ जरिवाना तिरेका महानगरीय
गणतन्त्र दिवस २०७४ को पदक बितरण : ५१४ जनाको सूचिमा पनि किन परेनन् धुर्मुस–सुन्तली
पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए । पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री
काठमाडौँको उपमेयरमा हरिप्रभा खड्गी (श्रेष्ठ), को हुन् हरिप्रभा ?
महानगरपालिकाको उपमेयरमा भारी मतसहित निर्वाचित हरिप्रभा खड्गी (श्रेष्ठ) को जन्म विक्रम सम्बत् २०२४ मा बुबा हरिचन्द्र दास श्रेष्ठ र आमा लक्ष्मी प्रभा श्रेष्ठको कोखबाट भएको थियो । भक्तपुरको भरुवा चोकमा जन्मिएकी हरिप्रभाको बाल्यकाल सोही नेवार बस्तीमा धुलो माटोसँग खेल्दै आफन्त छरछिमेकमा दौडँदै बित्यो
Exclusive: मध्यरातमा यसरी च्यातियो भरतपुरमा मतपत्र, वास्तविकता यस्तो (भिडियो सहित)
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।