माथिल्लो तामाकोशीको शेयर दोलाखाबासीले काठमाडौँमै बसेर भर्न पाउने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो । नेपालको आफ्नै लगानीमा निर्माण
श्रमिकको न्यूनतम ज्याला १३ हजार ४ सय ५० रुपैयाँ तोकियो, पारिश्रमिक साउन १ गतेबाट लागू हुने
सरकारले रोजगारदाता र ट्रेड युनियनको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री
अब अनमी, सीएमए फेज आउट, स्टाफ नर्स शिक्षालाई मात्र मान्यता
सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमतिअनुसार अनमी, सीएमए लगायतका स्वास्थ्यसम्वन्धी प्राविधिक कार्यक्रम हटाइने भएको छ । ५ वर्षभित्र प्रमाणपत्र तहमुनिका स्वास्थ्यसम्वन्धी प्राविधिक कार्यक्रम फेजआउट गरिनेछ । ‘हाल चालु रहेका कार्यक्रमहरु पनि यो ऐन लागू भएको मितिले पाँचवर्ष भित्रमा क्रमशः
बिमान उडाउने पाइलट नै ‘मापसे’ मा परेपछि ...
त्रिभुवन विमानस्थलमा काम गर्ने फ्लाइ दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाज कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ (मापसे) गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने’ भन्दै निवेदन दिन्छन्। त्यसपछि
सरकारसँग डा. केसी को २२ बुँदे सहमति (पूर्ण पाठसहित)
चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्। अनशन तोडाउँदै नेकपाका नेता नेम्वाङले फेरि कसैले अनशन बस्नुनपरोस
मन्त्री परिषदको मिटिङ पेपरलेश, मन्त्रीको हातमा म्याक बुक ल्यापटप
मन्त्री परिषद पेपरलेस ,दुर दराजका एक दुई विद्यार्थीहरु देशका ठुला डक्टर, इन्जीयिनर, मन्त्री, प्रधानमन्त्री हुनु चाही अपवाद हो, त्यसमा डिस्कस नगरौँ । मन्त्री परिषदको मिटिङ पेपरलेश, डिजिटल र म्याकबुकसहित त के अर्को मिटिङ मंगल ग्रहमै गरेपनि आपत्ती छैन तर मन्त्री परिषद् पेपरलेस भैरहँदा देशका स्कुलहरु छानोलेश
अब जबरजस्ती धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेल र ५० हजार जरीवाना हुने
2075 भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ । ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन
प्रधानसेनापतिमा पूर्णचन्द्र थापा, हार्दिक बधाई !!
लमजुङ बेसीशहर नगरपालिका (साबिकको गाउँशहर गाविसको नरुवल पाखाथोक) मा जन्मनुभएका आदरणीय पूर्णचन्द्र थापालाई मन्त्रिपरिषद्को आजको बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ । हार्दिक बधाई यो ऐतिहासिक अवसरका लागि । कार्यकाल सफलताको कामना !!
जापान सरकारको धेरै कामदार भित्राउने योजना यस्तो : 2019 अप्रिल बाट
टोकियो – अधिकांश उद्योगमा भइरहेको श्रमिक अभावको भरपाइ गर्न जापानले आगामी वर्षको अप्रिल महीनाबाट बढी भन्दा बढी विदेशी कर्मचारीलाई काम गर्न अनमति दिने भएको छ । पछिल्लो समय जापानमा कुशल र दक्ष कर्मचारीको सङ्ख्यामा आएको कमी र वृद्ध जनसङ्ख्यामा भइरहेको वृद्घिका कारण अधिकांश उद्योगहरुमा श्रमिकहरुको अभाव
३२ सिडिओको सरुवा, काठमाडौं र ललितपुरका सिडिओ गृह मन्त्रालय तानिए
गृहमन्त्रालयले एकैपल्ट ३२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’को सरुवा गरेको छ । नयाँ सरकार गठन भएपछि यति धेरै संख्यामा सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको यो पहिलो पटक हो । गृहले काठमाडौं उपत्यका मध्ये काठमाडौं र ललितपुरका सिडिओलाई मन्त्रालय तानेको छ । काठमांडौ प्रशासनमा मोरङमा रहेका रामप्रसाद