स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको
सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका
धापाखेलमा खेलकुद कार्यक्रम सम्पन्न गरियो
शर्मिला विश्वकर्मा, काठमाडौं । ललितपुर मस्तिष्क पक्षाघात स्वावलम्वन समूह नेपालले नेपाल अस्ट्रेलिया अल्मुनाई संघ ANAA र अस्ट्रेलियन राजदूतावासको संयुक्त साझेदारीमा भदौ २५ र २६ गते धापाखेलमा मस्तिष्क पक्षाघात भएका युवा तथा बालबालिकाहरूका लागि खेलकुद क्रियाकलाप सम्पन्न गरेको छ । सो दुई दिने खेलकुद
उपभोक्ता महंगीको मारमा, बजार अनुगमनका लागि सरकारसंग छैन जनशक्ति
काठमाडौं । आइतबार नेपाली बजारमा सुकेको प्याज किलोको ६१ रुपैयाँ थियो । सोमबार कालिमाटी तरकारी तथा फलफूल बजारमै प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो प्याज आइतबार किलोको १ सय ३६ रुपैयाँ रहेकोमा सोमबार १ सय ९३ रुपैयाँमा बिक्रि गरियो । एक रातमै प्याजको बजार मूल्य ४१ प्रतिशतसम्मले बढाइएको
टाट पल्टिने सँघारमा पाकिस्तानी ध्वजावाहक : १४ जहाज ग्राउन्डेड, ७ खर्ब ४३ अर्ब ऋण तथा दायित्व
काठमाडौं । चरम आर्थिक संकटमा पर्दै आएको पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पिआईए० टाट पल्टिने अवस्थामा पुगेको छ । कोडिभ महामारीबाट प्रभावित अन्य देशका एयरलाइन्सको व्यवसाय चलायमान बन्दै यो एयरलाइन्स भने झन् झन् गहिरो आर्थिक समस्याले घेरिएको छ । नगद प्रवाह सुक्दा पछिल्ला
जङ्गली जनावरको आतङ्क रोक्न माग
जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी बीना सिंहको परिवारले कुनैबेला आफ्नो खेतबारीको नगदेबालीबाट मनग्गे आम्दानी गरिरहेको थियो तर अचेल जङ्गली जनावरका कारण आफ्नै लागि खानपुग्ने तरकारीसमेत उब्जाउन समस्या छ । जङ्गली जनावर निलगाई, बँदेल र बाँदर बस्ती पसेपछि समस्या भएको सिंहको भनाइ
सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताएका छन् । नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा
ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुर । उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक
भारतमा एक नेपालीको मृत्यु
बैतडी । बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलवार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए। गएको चाररपाँच वर्षदेखि