कोरोना महामारीकै अर्को युद्ध : नआत्तिऔं, अमेरिकाबाट नेपाल र नेपालीहरुको लागि सन्देश
रामप्रसाद खनाल, भर्जिनिया अमेरिका अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनाबाट शुरु भएको कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो
घरमै बसौ, लकडाउन उल्लंघन गरे ६ महिनासम्म कैद हुनसक्छ
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा
इटलीमा अवस्था भयावह :६ हजारको मृत्यु, एकैदिन ६०१ संक्रमितको मृत्यु
चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो । कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय
के हो लकडाउन ? के गर्ने, के नगर्ने, कस्तो छ नेपालको अभ्यास
सरकारको चैत्र ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने निर्णय छ । विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रमा ‘लकडाउन’ को घोषणा गरेका छन् । लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । अहिले हुने चर्चा भएको ‘लकडाउन’
लकडाउन : एक सातालाई बन्द, घरबाट निस्किन नपाइने, सरकारी कर्मचारीलाइ पनि बिदा (८ निर्णय सहित)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो । यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल
कोरोनाबाट १५ हजार ४०९ जनाको मृत्यु, दक्षिण एशियामा कोरोना संक्रमित बढे
नोवल कोरोना (कोभिड-१९) भाइरसबाट १५ हजार ४०९ जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमित मध्ये एक लाख भन्दा बढी निको भइसकेका छन् । दुई लाख ३७ हजार जनामा भने यसको संक्रमण अझै बाँकी छ । नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोभिड १९ संक्रमण
नेपाल पूरै लकडाउन : अब एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना भाइरस को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा
ख्याल ख्याल नगरौं - लक्षण नभएका मानिसबाट पनि सर्न सक्छ कोरोना भाइरस, सवधानी अपनाऔं
समाचारअनुसार फेब्रुअरी अन्तिमसम्म चीनमा ४३ हजारमा कोभिड–१९ को संक्रमण पाइएको थियो तर लक्षण देखिएको थिएन । त्यसैले सबैलाई क्वारेन्टाइनमा राखेर निगरानी गरियो । यो संख्या आधिकारिक संक्रमितमा पनि जोडिएन । अहिले पनि वैज्ञानिकहरु लक्षण नदेखिएका मानिसबाट यो रोग फैलिनसक्छ भन्नेमा सहमत हुन सकेका छैनन्
भारतमा कोरोनाको प्रकोप बढ्दो, ८ जनाको मृत्यु, ४२५ जना संक्रमित भएको पुष्टि
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएपछि संख्या ८ पुगेको हो । यी व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा
भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट यसरी भागाभाग
नेपालगञ्ज — सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट 'भागेका' छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित