लकडाउनका कारण राजधानीका घरधनी पनि यसरी समस्यामा पर्न थालेका छन् (भिडियोसहित)
राजधानीका अधिकांश घरधनीको आय–आर्जनको बाटो घरभाडा हो । तर, घरभाडामा बस्नेहरु भाडा नबुझाइ गाउँ गएकाले उनीहरु पनि समस्यामा परेको गुनासो गर्न थालेका छन् । अर्कोतर्फ भाडामा बस्नेहरु पनि काम बन्द गरेर बस्नुपर्दा घरभाडा बुझाउनै मुस्किल हुने अवस्थामा पुगेका छन् । विस्तृत भिडियो हेर्नुहोस्
कोरोना कहर: मानवीयता देखाऔं, बाटोमा पैदल हिडेकालाई मनैदेखि सहयोग गरौ, खाजा पानी खुवाआौं
- भरतराज उप्रेती कोरोना भाइरसका कारण विश्व आतंकित छ । यसको मारमा नेपाल पनि परेको छ । कोरोनाका मारमा सबैभन्दा बढी ज्यालादारी गर्ने मजदुरहरु परेका छन् । केही कमाएर परिवार धान्न सहर र सदरमुकाम आउनेहरुको अहिले बिचल्ली परेको छ । सरकारले राहतको आश्वसन त देखाएको छ तर त्यो मजदुर वर्गका लागि हात्तीको देखाउने दाँत
काठमाडौं पेप्सीकोलाको एकै परिवारका दुई जनामा लक्षण बिनै कोरोना देखियो, ५ सय परिवार त्रासमा
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित परिवारका तीन जना परीक्षणका लागि मुलपानी नगर अस्पतालमा आएका थिए ।
लकडाउन लम्बियो, वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय
नेपालमा लकडाउन २ हप्ताको लागि लम्बाइएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अमेरिकाको आएको घुम्रपात टोर्नाड़ोबाट मर्नेको संख्या ३०, लाखौ घरमा बिद्युत बिच्छेद
अमेरिकाको दक्षिणपूर्वमा आएको घुम्रपात(टोर्नाड़ो)बाट मर्नेको संख्या ३० पुगेको छ । प्रारम्भिक चरणमा ६ जना बाट १३ जना ,१३ जना बाट १९ जना भएकोमा हाल मर्नेको संख्या ३० पुगेको छ । भिषण आएको आँधीतुफानको कारण बाढीले हिलो ल्याउदा १० लाख घरमा बिधुत बिच्छेद भएको छ । अधिकारीहरुका अनुसार मिसिसिप्पीमा ११ जना ,जर्जियामा
WHO- स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक छ, भ्याक्सिनविना रोक्न सकिँदैन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु
मौसम खराव, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना, सतर्कता अपनाउन अनुरोध
मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देशको मौसम खराव रहेको छ । उपत्यकासहित पोखरा लगायतका पश्चिममा खराव रहेको छ । वर्षा पनि भएको छ । मेघ गर्जनसहित वर्षा हुँदा कोरोना भाइरसको त्रासमा रहेका नेपालीलाई अत्याएको छ मौसमले । दिउँसोतिर पहाडका सबैजसो स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । मध्य र पूर्वी
लकडाउन कम्तीमा दुई हप्ता लम्बिने, लकडाउन कडाई गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, २ वैशाख । नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा लकडाउन लम्बिने भएको छ । त्यसका लागि ११ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने स्रोतले जानकारी दिएको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा
काठमाण्डौ पेप्सिकोलामा एकै परिवारका ३ जना कोरोनाको संक्रमण देखियो, पुष्टि हुन बाँकी
काठमाण्डौ - काठमाण्डौको पेप्सिकोलामा बस्ने एकै परिवारका ३ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ । र्यापिड टेष्टमा पोजेटिभि देखिएपछि उनीहरुलाई ललितपुरको पाटन अस्पतालमा लगिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको जानकारी
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
बैशाख २, २०७७ रौतहटमा पनि कोरोना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि