सार्वजनिक यातायात असारको दोस्रो हप्ताबाट आधा सिटमा चल्ने
सरकारले लकडाउन खुकुलो बनाउने क्रममा असारको दोस्रो हप्तासम्म सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सार्वजनिक यातायात सञ्चालनको मोडालिटीलाई अन्तिम रुप दिने प्रयास भइरहको छ । सरकारले बनाएको प्रारम्भिक मस्यौदामा सार्वजनिक यातायातको आधा सिट मात्र प्रयोगमा ल्याइनेछ । शुरुमा आधा सिटमा सञ्चालन
कोरोनाबाट विश्वभर ४ लाखको मृत्यु, संक्रमित ७० लाख ८५ हजार
विश्वभर कोरोना भाइरसको संक्रमित ७० लाख नाघेको छ । संक्रमणबाट मृतकको संख्या ४ लाख नाघिसकेको छ । वल्डोमिटरका अनुसार कुल ७० लाख ८५ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या ४ लाख ५ हजार छ । ३४ लाख निका भएका छन् । अमेरिकामा संक्रमित संख्या २० लाख पुगेको छ । मृतक १ लाख १२ हजार छन् । ब्राजिलमा ६ लाख ९१ हजार संक्रमित
अमेरिकामा कोरोनाबाट १ लाख १२ हजारको मृत्यु, २० लाख कोरोना संक्रमित
एजेन्सी, २६ जेठ । अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या २० लाख नाघेको छ । त्यहाँ १ लाख १२ हजार संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार २० लाख ७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १ लाख १२ हजार ४ सयको मृत्यु भएको छ । अमेरिकामा संक्रमित झन् बढ्ने खतरा छ । एकजना अश्वेत पुरुष मारिएपछि विरोधमा
सशस्त्रको सीमा सुरक्षा ब्यारेकमै कुटाकुट, प्रहरी जवानले इन्चार्ज र ५ प्रहरीलाई लखेटेपछि
सिमाना सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका अर्का हाकिम सिपाहीको पिटाइले घाइते भएका छन् । अघिल्लो महिना कपिलवस्तुमा डिएसपी मानबहादुर शाही इन्स्पेक्टर भट्टराईबाट पिटिएको कार्वाही नटुङ्गिदै त्यही क्रमको अर्को श्रृंखला देखिएको छ कैलालीमा । जेठ २२ गते बिहीबार साँझ साढे आठ बजेतिर कैलालीको भारतीय सीमावर्ती
यसरी चल्ने भो सार्वजनिक यातायात,यात्रुले मास्क अनिवार्य र स्यानिटाइजर बोक्नुपर्ने
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । तायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका अनुसार यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायीले ध्यान दिनुपर्नेछ । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका
सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन पछि जेठ २५ गते आइतबार सुनचाँदीको मूल्य निर्धारण गरेको छ। महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ। यसैगरि तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ निर्धारण गरिएको छ। लकडाउनअघि सुन
थप १०२ जना कोरोनाबाट निको भए, नेपालमा निको हुनेको संख्या ४६७ पुग्यो
काठमाण्डौं । नेपालमा आजमात्रै कोरोना संक्रमणबाट मुक्त भएर १०२ जना घर फर्किएका छन् । स्वास्थ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा उपचाररत १२ जना रहेका छन् । झापाका उनीहरु १० दिनको उपचार पश्चात निको भएर डिस्चार्ज भएका
३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी प्रवक्ता निरजबहादुर
नेपालमा थप २१३ सङ्क्रमित, कुल सङ्क्रमित तीन हजार ४सय ४८ पुग्यो
काठमाडौँ, जेठ २५ गते । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको
खतराको घण्टी, आरडीटी परीक्षण गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण भेटियो
दैलेखको नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठाएको थियो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जना छन् । भारतबाट जिल्ला जिल्ला फर्कनेहरु ह्वात्तै बढेपछि