कोरोना अपडेटः २४ घण्टामा ५८ जनाको मृत्यु, ८ हजार ६५९ जनामा संक्रमण
काठमाडौं । बुधबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। २० हजार ७५६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा
५२ जिल्लामा निषेधाज्ञा (सूचिसहित)
काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले
Salute ! भोक, प्यास र निद्रा नभनि नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु ।
नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु । भोक, प्यास र निद्रा नभनि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् । सलाम यी नर्सहरुलाई ! नयाँ भे’रिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत
यसपटकको कोरोना संक्रमण फरक छ, मास्क र दुईमिटर दूरी नै कोरोनाको उपचार हो– डा. जागेश्वर गौतम
अहिले कोरोना संक्रमण द्रुत गतिमा बढिरहेकाले देशमा स्थिति भयावह बन्दै गएको छ । हाम्रो देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था भइसक्यो भनेर हामी (स्वास्थ्य मन्त्रालय) ले भन्दै आएको ५ साता भइसक्यो। अलि अप्ठ्यारो अवस्था छ भनेर पब्लिक्ली भनेको पनि ५ साता भइसक्यो। तर, पनि नागरिकले चेतेका छैनन्। २ मिटर
२७ वर्षपछि बिल गेट्सले मेलिन्डासँग किन सम्बन्धबिच्छेद गरे ?
सम्बन्ध बिच्छेद भन्ने कुरा जो कसैको पनि हुन सक्छ । गरीबको चाहि हुने धनीको नहुने भन्ने कुरा विश्वकै धनी बिल गेट्सको पनि विवाह भएको २७ वर्षपछिको घटनाले पुष्टि गरेको छ । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका
कोरोना संक्रमितलाई बेड खोज्न सघाउने कोभिड कनेक्ट नेपाल, हटलाइन नम्बर ९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३ मा फोन गरेर सहयोग लिन सकिने
सुरजराज पाण्डेको समूह बिरामीलाई बेड, आईसीयू, भेन्टिलेटर खोज्न सघाउनका लागि अहिले युवाहरुको समूह सक्रिय भएको छ । (Covid Connect Nepal (covidconnectnp.org) सुरजराज पाण्डेको समूह कोभिड कनेक्ट नेपालले उपत्यकामा आईसीयू, भेन्टिलेटर, बेड नपाउने, सिलिन्डर नपाएका बिरामीहरुलाई खोज्न सघाइरहेको छ । वैशाख १६ गतेदेखि अभियान थालेका उनीहरुले
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार अल्पमतमा
काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको पार्टी स्थायी समितिको बैठकले २०७४ फागुन ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। माओवदी केन्द्रका स्थायी
नेपालमा २० देखी ४० बर्ष उमेरसमूहका बढी संक्रमित, सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ
काठमाडौं । कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार
स्वास्थ्य संकटकाल लाग्न सक्ने, संकटकाल लगाए नागरिकको मौलिक हक स्वतः निलम्बनमा पर्ने
काठमाडौं । कोभिड महामारीको दोस्रो लहर चलेसँगै सरकारले देशको राजधानी काठमाडौं उपत्यकासहित प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकासहित प्रमुख शहरहरुमा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो । महामारी अनियन्त्रित रुपमा बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन सक्ने चर्चा
कोरोनाले १२औं राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
काठमाडौं । कोरोना संक्रमणले १२औं जनगणना प्रभावित भएको छ । केन्द्रिय तथ्यांक विभागले २६ वैशाखदेखि सुरु गर्ने कार्यतालिका बनाएको जनगणना कार्यक्रम स्थगित गरेको हो । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अहिले जनगणना कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै विभागले अर्को सूचना नआएसम्मका लागि कार्यक्रमहरू