सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि
काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या
राष्ट्रियसभाका ६ सिटमा माओवादीको दाबी, १२ आकांक्षी
काठमाडौं । सरकारको बागडोर सम्हालेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा गठबन्धन दलबीच भागबन्डा हुँदा कति सिट पाउँछ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । माओवादीले ६ सिट पाउनुपर्ने दाबी गरेको छ । तर, उसको दलबाट १२ जना आकांक्षी प्रकट भएका छन् । आगामी फागुन २१ मा माओवादीतर्फका ३ जना सांसद पदमुक्त
४ बुँदे सहमतिपछि बालकुमारी घटनामा मारिएका युवाका परिवार शव बुझ्न तयार
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको अत्यधिक बल प्रयोगबाट मारिएका दुई जना युवाका आफन्तहरू चौथो दिन शव बुझ्न तयार भएका छन् । सोमबार सरकारसँग चारबुँदे सहमतिपछि आफन्तहरू शव बुझ्न तयार भएका हुन् । सोमबार भएको वार्तामा मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त
केपी ओलीकाे प्रश्न, ‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मार्न पाइन्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताएक छन्। ४८औं मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्। ‘मन्त्री त्यहाँ
अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्भे” सम्बन्धी २ दिने कार्यशाला गोष्ठी
काठमाण्डौं । शर्मिला विश्वकर्मा र कुशल न्यौपाने, नेपलगंञ्ज राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यही पुस १४ र १५ गते २ दिन ूअपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्भे ” सम्बन्धी कार्यशाला गोष्ठी नेपालगंञ्जमा सम्पन्न गरेको छ । सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय
जाउलाखेलमा च्याउ मेला – एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर आकर्षण
ललितपुर । ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ। आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए। मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेकोे थियोे । च्याउ
मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विभिन्न जातजातिले परम्परागत
प्रधानमन्त्रीले भेटे बालकुमारी घटनाका पीडितको परिवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई
आज तमु ल्होसारको सार्वजनिक बिदा
काठमाडौं – नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका
उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको