नागरिक पोष्ट News

काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा

काठमाडौं  – काठमाण्डौ उपत्यकाभित्र बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा परेका छन् । साउन एक गतेदेखि नै अनुगमन सुरु गरेको र पाँच दिनमा २ सय ५१ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबारदेखि शनिबारसम्म १ सय ६० तथा आइतबार, सोमबार र मंगलबार गरी थप ९१ वटा गाडीलाई

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज हर्षोल्लासपूर्वक मनाइँदै

काठमाण्डौ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने

काठमाण्डौ – चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने भएको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट अब अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । यसबाहेक थप खोप ल्याउन पनि

ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु

काठमाडौं - सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ ।  ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टीकर लगाएको हो । अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको

प्रधानमन्त्री देउवा खुमलटारमा, दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन् । खुमलटारमा दुई नेताहरूबीच वार्ता चलिरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो । भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु

काठमाडौं - कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भौतिक रुपमा परीक्षा गर्ने अनुमति माग गर्दै बोर्डले मन्त्रालयमार्फत सीसीएमसीमा प्रस्ताव पुर्‍याएको थियो । सीसीएमसीको स्वीकृतिपछि परीक्षा भौतिक रुपमा

भारतमा थपिए ३० हजार ९३ नयाँ सङ्क्रमित

काठमाडौँ - भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ । भारतमा

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

काठमाडौँ - साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो

प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भेट

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका हुन् । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम्

यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या

काठमाण्डौ – नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो । मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा

कुल पोष्ट : 8183