नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ
काठमाडौं – नेपाल पञ्चांग निर्णायक समितिले इन्द्रजात्राको साइत जुराएको छ । समितिले असोज ३ गते आइतबारका लागि साइत जुराएको हो । समितिले साइत प्रकाशन गरेसँगै नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पालन गरी जात्रा सञ्चालन गर्ने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले काठमाडौं प्रेसलाई
पहिरोमा परि एकै घरका तीन जना बेपत्ता
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा
काठमाण्डौ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन विभिन्न ठाउँबाट हराएका २४ वटा मोटरसाइकलहरू फेला परी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । जस अनुसार २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन । महाशाखाले उपत्यकाका पशुपति,
नेपाली लेग स्पिनर सन्दीपले नयाँ सिजनको बिग बास खेल्ने
काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । गएको सिजनमा सन्दीपले होबार्टका लागि ८ खेलमा
भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट
काठमाडौं - भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा
आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन
मनाङ – जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले
दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ । नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैकेटमा पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ । एमाले विभाजन भई नेता माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी)
२ सयले घट्यो सुनको मुल्य
काठमाडौं - बुधबार तोलामा ९१ हजार ३ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज बिहिबार २ सय रुपौयाँले घटेर तोलाको ९० हजार १ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । यस्तै आज नेपाली बजारमा तेजाबी सुन तोलामा ९० हजार ६ सय रुपौयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार २ सय १०
एमाले केन्द्रीय कमिटी बैठक शुरु, १० बुँदे कार्यान्वयन प्रस्तावमा छलफल केन्द्रित
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहेको छ । एमालेबाट फुटेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । १० बुँदे सहमति कार्यान्वयनको
एसिड पीडित आरती साहले पाए प्रदेश सरकारबाट ५ लाख सहयोग
जनकपुरधाम : जनकपुरधामका आफ्नै पतिबाट एसिडपीडित बनेकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग गरेको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले रु ५ लाखको चेक हस्तान्तरण गर्नु भएको हो । गत साउन २९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम