नागरिक पोष्ट News

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

काठमाडौँ  ।  दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा,

‘मर्निङ वाक’ मा पनि हात्तीकै त्रास

झापा । झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे। उनको दमकको एडभान्स हस्पिटलमा

बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो

ढोरपाटन । नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा(टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ ।  खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ

पत्रिका प्रकाशनका लागि म्याङलुङ नगरपालिकाले १ लाख सहयोग गर्ने प्रमुख तुम्बाहाङफेको प्रतिवद्वता

तेह्रथुम । प्रभावकारी सुचना र सन्देशमुलक समाचार साथै भाषा, कला, साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले तेह्रथुम मेयङलुङबाट प्रकाशन आरम्भ भएको ‘हाम्रो मुन्धुम’ मासिक पत्रिकालाई नगरपालिकाले १ लाख सहयोग गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ, तेह्रथुमको सभाहलमा विमोचन गर्दै नगरप्रमुख सञ्जयकुमार

बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

कास्की । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा दसैँ मेला लागेको छ । मेलामा अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन । उनीहरूमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याएका

गृह श्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाद्वारा राजधानीमा तीनदिने सम्मेलनमा

काठमाडौँ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पुयाइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।  गृह श्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाद्वारा विहीवार राजधानीमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तिकरणमा

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।  प्रत्येक वर्ष आश्विन

इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौँ । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ ।  आज बिहान साढे ८ बजे फ्लाइ दुबईमार्फत चार नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ  ।  धादिङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खहरे आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।  भूकम्पको काठमाडौँलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको

गोर्खाली रग्वी क्लबद्वारा दशैँ शुभकामना आदानप्रदान

ललितपुर ।  हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै  गोर्खाली रग्वी क्लबले  बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । क्लवले बिहीबार  बगैंचा रेस्टुरेन्ट एन्ड बार  जाउलाखेलमा  सम्पूर्ण    पदाधिकारी , सदस्यहरु लगायत  जमघट गराएर  शुभकामना

कुल पोष्ट : 8183