परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख नाथनबीच भेटवार्ता
वाशिङ्टन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटका अवसरमा उनीहरूबीच निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले
पाँच देश जहाँ नेपालले निर्यात मात्र गर्छ
काठमाडौँ । नेपालले कुनै पनि आयातविना नै वस्तु निर्यात गर्ने मुलुकहरू रहेको खुलासा भएको छ । नेपालसँग निर्यात व्यापार सम्बन्ध राख्ने मुट्ठीभर मुलुकहरू मात्रै रहेको पाइएको छ । भूपरिवेष्ठित मुलुक भएकाले विश्वका प्रायः सबै देशसँग नेपालको आयात–निर्यात व्यापार सम्बन्ध रहेको छ । तर भन्सार विभागले हालै
उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। उक्त वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको
काठमाडौं मेट्रोले उठायो एक अर्ब कर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता
पोखरामा पुष्प मेला आयोजना गरिँदै
गण्डकी । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीले यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा मेला सञ्चालन गर्न लागेको हो । पुष्प व्यवसायको विस्तार
एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै
काठमाडौँ । नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे २ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमालेले जनाएको छ । यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त
केही दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको
मुलुकको आर्थिक अवस्था सुधार्न एकजुट हुनुपर्छ : ओली
कास्की । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भने, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।” कृषिमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान
गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आइपुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गरेका छन् । उनी आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी
ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरुले