नागरिक पोष्ट News

सर्वोच्चकाे आदेश - " काउन्सिलका अध्यक्ष बस्नेतलाई पदबाट नहटाउ !"

काठमाण्डाै - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।   मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ बस्नेत सर्वोच्च पुग्नुभएको थियो। त्यसमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको

फेरि बढ्याे पेट्रोलियम पदार्थको  मूल्य , अब १ लिटर पेट्रोललाई १५० रुपैयाँ

काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै  निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि

स्थानीय तह चुनावका लागि आयोगद्वारा ८ अर्ब ११ कराेड रुपैयाँ बजेट सुनिश्चित  

काठमाण्डाै - आउँदाे वैशाख ३० गतेका लागि तय भएकाे स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।  निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत आज बिहीवारकाे कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने

राजदूत बेरी भन्छन - " व्याख्यात्मक घोषणामा अमेरिकाले भन्दै आएकै कुरा छ ! "

काठमाडौं - अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले

पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारलाई सिफारिस 

काठमाण्डाै - न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले आज सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा २५ प्रतिशतका

महिलालाई सफल बनाउने गुण _ डा. नम्रता पाण्डे

भनिन्छ पनि संसारमा त्यो व्यक्ति धनी हो जसका धेरै शुभचिन्तक मित्रहरू हुन्छन् तर धेरै हुनुभन्दा पनि गुणात्मक र अप्ठ्यारो पर्दा वास्तवमै सहयोग गर्ने मित्रको पहिचान गर्न सक्नुपर्छ । आफू पनि तिनैमध्ये आफ्ना मित्रलाई दु:ख, आपत् परेका बेलामा सहयोग गर्न तत्पर छु भन्ने संकल्पसहित प्रस्तुत हुन सक्नुपर्छ ।      महिला

आज महाशिवरात्रि पर्व, पशुपतिनाथको चारै ढोका खुल्ला, दर्शनार्थीको घुइँचो

काठमाण्डाै -  शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएकाे कोषले जनाएको छ।

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ

दाङ - नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् । बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा

द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षकको पुनर्बहाली गर्ने सरकारको निर्णय

काठमाण्डाै - सरकारले राजनीतिक पूर्वाग्रह द्वन्द्व र आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।  आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सय ८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो । जसमा दुई सय ३३ जना शिक्षकको पुनर्बहाली हुने भएको

सुर्खेतमा कांग्रेस - एमाले कार्यालयमा ताेडफाेड र आगजनी , मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू 

सुर्खेत  - अमेरिकी सहायता एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनावग्रस्त हुँदै गएको छ ।  बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका छन् । प्रहरी र बन्दकर्ताहरूबीच झडपसमेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत

कुल पोष्ट : 8183