राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर
काठमाडौँ - राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स
स्थानीय निर्वाचन मनोनयन अपेडट : उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो
काठमाडौँ - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । मनोनयन
मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो
काठमाडौँ - निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदका
कांग्रेसबाट काठमाण्डौको मेयरमा सिर्जना सिंह निश्चित
काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर ¥यालीसहित मनोनयन दर्ताको लागि
भरतपुर ३ को वडा अध्यक्षमा तारामित्र पण्डित
काठमाण्डौँ - स्थानीय चुनावमा भरतपुर ३ को वडा अध्यक्षमा तारामित्र पण्डितले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । राजनीतिलाई ब्यापारिक थलो बनाउनेहरु विरुद्धको लडाई, वडा समितिको निर्णयलाई उल्टाएर पद र पावरको आडमा एकलौटी रुपमा गरिएको निर्णयका बिरुद्ध उहाँले सधै कडा आवाज
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुग्यो
काठमाडौँ - निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन
सुनको मूल्य तोलामा ९०० ले घट्यो, चाँदीको स्थिर
काठमाडौँ- सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै
काठमाडौं - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन्। सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। स्वेताले दलित महिला सदस्यको रुपमा
देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दिए
काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति ११ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गाउँपालिका
देशभरका निर्वाचन अधिकृतको कार्यालयमा कति उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराए ?
काठमाडौं - देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर) पदमा ९७५ जनाको मनोनयन परेको छ । त्यसैगरी कुल ४६०