नागरिक पोष्ट News

बर्दियामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

बर्दिया ।  बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोे जिल्ला

रामीडाँडा भूकम्प - त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

जाजरकोट । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखा परेको छ

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । अहिले देशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो देशका केही पहाडी

‘कमला बचाउ अभियान’लाई केन्द्रले सुन्नुपर्छ : रवि लामिछाने

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताएका छन् । पूर्वपश्चिम हुलाकी लोकमार्गअन्तर्गत कमला नदी किनारमा आज कमला जलाधार संरक्षण अभियानद्वारा ‘कमला बचाउ अभियान’ को

कुमारी बैंकद्वारा सुरक्षा बचत खाता अन्तर्गत ८ करोड बीमा रकम भुक्तानी

काठमाडौँ  । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच  ओपीडी, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगाउन निजी क्षेत्रको माग

काठमाडौं  ।  निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक र पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल

सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने

काठमाडौं  । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी थालेको छ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको हो । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक

जनता आवास कार्यक्रमः एक हजारबढी घर निर्माण

हेटौँडा । बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् । उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

काठमाडौँ । सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो । यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन

कुल पोष्ट : 8183