राष्ट्रिय सभाबाट नागरिकता विधेयक बहुमतले पारित
काठमाडौँ - राष्ट्रिय सभाले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री बालकृष्ण
३४ उपसचिवको सरुवा
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन
बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो
काठमाडौँ आइपुगे अमेरिकी सहायकमन्त्री लू
काठमाडौँ - अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी आज अपराह्न नयाँ दिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको
एकैदिन थपिए ७१० जना कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २
एसईई नतिजा : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ?
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको बैठकपछि एसईईको नजिता सार्वजनिक गरिएको हो । परीक्षामा ४ लाख ९५ हजार ७ सय ५१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ३।६१ देखि ४ ग्रेड ल्याउनेको संख्या नौ हजार ६३३ रहेको छ । त्यस्तै ४१ हजार ६२७
एसईईको नतिजा सार्वजनिक
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका
जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने
जनकपुरधाम – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडुले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने
साताको चौथो दिन आज सुनको मुल्य घट्यो, चाँदीको मूल्यमा वृद्धि
काठमाडौँ - साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा
एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा प्रस्थान
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा प्रस्थान गरेका छन् । अध्यक्ष ओली आज बिहान १० बजे काठमाडौँ विमानस्थलबाट भद्रपुरका लागि उडेका हुन् । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम