टोखा–छहरे सडक खण्ड अवरुद्ध
नुवाकोट– नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ । वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ । पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ ।
सिट बाँडफाँडबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल गरिँदै
काठमाडौँ – आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । भोलि बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि
काठमाडौंका सडकमा फोहोरको डङ्गुर - तत्काल फोहोर नउठ्ने महानगरको स्वीकारोक्ति
काठमाडौं - दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौंका मुख्य सडक
शिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको जापान पुगेर प्रचण्डको दुखेसो
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् । आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका
नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत ! मास्क अनिवार्य लगाऔं, सचेत रहौं
ज्यान गुमाएकामध्ये अधिकांश खोप नलगाएका मानिस काठमाडौं । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । यसअघि सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सहमत भएका थिए ।
५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति
काठमाडौं - जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज
एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते आईतबार हुने
काठमाडौँ - सरकारले एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते आईतबार गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि निर्बाचन आयोगले यस बिसयमा जानकारी गराएको हो। पत्रकार सम्मेलन पश्चात जारि प्रेस बिज्ञप्तिमा आयोगले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । सरकारले तोकेको मितिमा
दुईदुई पटक इन्धनको मूल्य घटेर आउदा पनि नेपाली बजारमा किन घटेन ?
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरीद मूल्यमा गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने बताएको छ । निगमले बुधवार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि सरकारसँग लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई बक्यौता
कोशी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलियो
सप्तरी – पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदीमा बाढीले खतराको बिन्दु पार गरेको छ। सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । सप्तरीका