४ महिनामा ९७ अर्बभन्दा बढीको कृषि वस्तु आयात
काठमाडौं - चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ९७ अर्ब १९ करोड रुपैयाँ बराबरको कृषिवस्तुको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव २४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा १ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँको कृषिजन्य वस्तुको आयात भएको थियो । र महिनाको अवधिमा
विश्वभर १० वर्षमाथिका तीन चौथाइले चलाउँछन् मोबाइल : राष्ट्रसङ्घ
जेनेभा - संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ९आईटीयू०ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल
साउदीमाथि जित निकाले पनि मेक्सिको बाहिरियो
काठमाडौँ – विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ। कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए। खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे। साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट
रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा
युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ। उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो। दोनेत्स्क क्षेत्रमा आक्रामक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको
भरतपुर महानगरले अवैध संरचना हटाउने
काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा
गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी
काठमाडौँ - मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् काठमाडौँको रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर
बैतडीमा १९ हजार मत बदर
बैतडी – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ
चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन
काठमाडौँ - चीनको आणविक हतियार अहिलेको तुलनामा सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ । पेन्टागनले एक रिपोर्ट प्रकाशित गर्दै चिनियाँ वायुसेना पछिल्लो समय तीव्र गतिमा परिष्कृत समेत हुँदै गएको बताइएको छ । ‘रक्षा मन्त्रालयको अनुमान अनुसार चीनको
बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ९७ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय रुपैयाँ तोकिएको
काठमाडौं उपत्यका विकास प्राधिकरण पनि एक्सनमा
काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ९बालेन०ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन्। बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको