यतीकाे विमान दुर्घटनामा माघ २ गते राष्ट्रिय शोक र सार्वजनिक बिदा, अत्यावश्यक सेवा बाहेक
काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। आइतबार बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकले साेमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी
यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३
बागमतीका सभामुख पाठकद्वारा शपथ ग्रहण
मकवानपुर – बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराए । आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा प्रदेशका
शुक्रबार राष्ट्रिय सभा बैठक बस्दै
फाइल तस्वीर काठमाडौं( राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन
विद्युतीय राहदानी (ई-पासपोर्ट) तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुदै
काठमाडाैं - जापानमा रहेका नेपालीका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एवं क्षेत्रीय कमिटीहरूसँगको सहकार्यमा नेपाली राजदूतावास, टोकियोले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको हो । यसअन्तर्गत जनवरी
अर्थ सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालकको शपथ लिए
काठमाडौं - अर्थ सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालकको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप गराएका
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा दुई मत
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। आज भएको मतदानमा प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका हुन् । आजको बैठकमा २७० सांसद उपस्थित थिए । प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिए भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर
सभामुखको निर्वाचन ५ माघमा हुने
काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद् सचिवालयका महासचिव
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक
पृथ्वी जयन्तीमा राप्रपाले जलपान कार्यक्रम गर्ने
फाइल तस्वीर काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ। नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस