नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन
काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेशमा पदस्थापन
मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्रीले मागे माफी
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् । केही महिनायता मिटरब्याज पीडित काठमाडौं
प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका –६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको
ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् । झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै
भारतमा कोरोना संक्रमितकाे संख्यामा वृद्धि
नयाँदिल्ली । भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ
राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने
वासिङ्टन । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो । शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य संकट तथा समावेशी
राष्ट्रियसभा बैठक : सांसदको सङ्ख्या घटाउन माग
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए । उनले भने ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी(दलको
गैँडाकोटमा विद्यार्थी नभएपछि विद्यालय समायोजन
मध्यबिन्दु । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको
अपाङ्गता भएका व्यक्तिहरूले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) मा ध्यानाकर्षणपत्र बुझाए
काठमाडौँ । भूमिकला पौडेल, राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) मा ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी
सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसै गरी तेजाबी सुन प्रतितोला