६ वर्ष पछि रेशम चौधरी जेलमुक्त हुँदै
काठमाडौं। आज पूर्व सांसद रेशमलाल चौधरी ६ वर्ष पछि जेलमुक्त हुँदैछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन्। रेशम चौधरी : अधिकारको आन्दोलनले जेल, सत्ता सहयात्राले आममाफी गणतन्त्र दिवसकाे अवसरमा
आज १६ औं गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको
निजीकरण गरिएका सार्वजनिक संस्थानमध्ये आठ नाफामा, चार घाटामा, छ बन्द
काठमाडौँ । निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८र७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’
वाशिङ्टन । अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ । विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमतमा रहेका रिपब्लिकनबीच सहमति बनेको हो । यो सहमति एक महत्वपूर्ण कदम
‘नेपालमा पर्यटन क्षेत्रलाई सही ढंगले उपयोग गर्नुपर्छ’ :-मन्त्री शरदसिंह भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढंगले उपयोग गर्नुपर्ने बताएका छन् । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकापर्ण गर्दै उनले प्रचुर सम्भावना रहेको नेपालको
जेठ १६ र १७ गते काठमाडौंमा रोजगार मेला
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुदैछ । रोजगार मेलाको जेठ १६गते विहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय
तीन सय ८० उजुरी फछर्यौट
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९(८० को फागुनसम्म तीन सय ८० उजुरी फछर्यौट भएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले आज संघीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७०(७१ मा उक्त सङ्ख्या ६ सय ५९ रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म अख्तियार
लगानी बोर्डको ५४औँ बैठक: तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय
काठमाडौं । तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड ९पिसिसीएल०लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको लगानी बोर्डको ५४औँ बैठकले सात सय ५६ मेगावाट उत्पादन क्षमताको परियोजनालाई
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा
आर्थिक सर्वेक्षण : ७२ प्रतिशत घरधुरी टेलिभिजनको पहुँचमा
काठमाडौँ । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२।० प्रतिशत जनसङ्ख्यामा पुगेको छ