नागरिक पोष्ट News

चार महिनामा वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा वाणिज्य बैंकहरुले साढे २० अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार खुद नाफा कमाएका हुन् । जुन गत असोज मसान्तसम्मको तुलनामा एक अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

काठमाडौँ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

वीरगञ्ज । हिमालयन डिस्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । वडा नं २१ का वडाध्यक्ष

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि

गण्डकी ।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज सुरु हुँदैछ ।  सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रमका लागि सभापति देउवालगायत केन्द्रीय नेताहरू पोखरा जाँदै छन् ।  सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

सङ्खुवासभा । सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो । कुन सवारीसाधनमा कहाँ–कहाँ

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालद्वारा राष्ट्रिय समावेशी आयोगलाई ध्यानाकर्षण पत्र बुझाईयो

२ पुष २०८० शर्मिला विश्वकर्मा, ललितपुर ।  अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारका लागि काम गर्ने विभिन्न संस्थाहरुको छाता संस्था हो । यस संस्थाले काठमाडौंमा स्थापना भएर देशै भरी रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच, विभिन्न हिंसा न्यूनीकरण,

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र संकल्प जरुरी : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एककाइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री

एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच साझेदारी, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडाैं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र  एआई अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु

ग्लाेबल आइएमई बैंककाे १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशत लाभांश अर्थात् रू ३ अर्ब २१ करोड ९३ लाख ९५ हजार ३६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो मध्ये १ प्रतिशत बोनस शेयर अर्थात् रू ३५ करोड ७७ लाख १० हजार ५९६ र चुक्ता

कुल पोष्ट : 8183