सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्तिसम्बन्धी सुनुवाइ
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ। वादी पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने भन्ने बारेमा आज सुनुवाइ हुन लागेको हो । लामिछानेसँग वादी पक्षले यस अघि माग गरेको १० लाख
काठमाडौँमा महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन
काठमाडौँ । नेपालमा लैङ्गिक हिंसा पीडित तथा प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनले
जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै
काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालको विधान अधिवेशन जारी रहेको छ । हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ । हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए ।
आजको मौसमः देशभर पानी पर्ने, तराईमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम
उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ आगामी मंगलबार चार दिने भ्रमणका लागि चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा
विश्वविद्यालय सञ्चालनको माग गर्दै देउडा नाच प्रदर्शन
धनगढी । कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाच नाचिएको छ । विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा देउडा नाच सुरु भएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा देउडा गाइएको हो । देउडाबाट
जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । जसपा केन्द्रीय समितिको हिजो बसेको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आज प्रस्तुत गरिने छ । यसैगरी
देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म
रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह, आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको चेतावनी
काठमाडौं। रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा
भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, चल्न दिन्नँ सजाय भोग्न तयार छु: बालेन शाह
काठमाण्डौ । उच्च अदालत पाटनले काठमाण्डौका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल चलचित्र संघको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन