चीनमा समुद्री आँधी, सयौँ मानिस विस्थापित
चीन । चीनको क्वाङतोङ प्रान्तमा तलिम नामक समुद्री आँधीले स्थिति तनावग्रस्त बनाएको छ । दक्षिण तटीय प्रान्तमा प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौँ मानिस विस्थापित भएका छन् । तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्रतिर सारिएको छ । हजारौँ माछा फार्महरू तहस नहस भएका छन्
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, विभिन्न १० एजेन्डामा छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको छ । गत असार २७ गतेदेखि सुरु हुने भनिएको बैठक प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास
पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरे । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालद्वारा भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए
सर्वोच्चको आदेश पालना गर्न अटेर गर्दै गौशालामा नगरसभा सम्पन्न
जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकाले सर्वोच्च अदालतको आदेश पालना गर्न अटेर गरेको पाइएको छ । नगरसभा कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविपरीत पालिकाले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो । उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा
थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच साइडलाइन भेटवार्ता
काठमाडौँ । थाइल्याण्ड पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकमा आबद्ध सदस्य राष्ट्रका विदेशमन्त्रीहरुबीचको बैठकका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता
२१ अर्ब ७६ करोडले घट्यो विदेशी लगानी प्रतिबद्धता, ३२७ उद्योगका लागि ३३ अर्ब ३९ करोडको प्रस्ताव
काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा नेपालमा ३२७ उद्योगका लागि ३२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार उक्त संख्याका उद्योगले १७ हजार १२ जनालाई रोजगारीको प्रस्ताव गरेका छन् । गत असारमा मात्रै प्रस्तावित एफडीआई भने ३ अर्ब ९२ करोड
७० प्रतिशत पनि हासिल भएन राजस्वको लक्ष्य
काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा संघीय सरकारको राजस्व वार्षिक लक्ष्यको ७० प्रतिशत पनि हासिल हुन सकेन । राजस्वतर्फ रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख असुली गर्ने सरकारको लक्ष्य रहेकोमा ६८ दशमलव २१ प्रतिशतअर्थात् रु नौ खर्ब ५७ अर्ब १५ करोड ४१ लाख बराबर मात्रै राजस्व उठेको छ । त्यस्तै, रु ५५ अर्ब २४ करोड
संघीय बजेट करीब ८० प्रतिशत खर्च
काठमाडौं । गत आर्थिक वर्ष २०७९÷८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशतअर्थात् रु १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बराबर खर्च
राप्रपाले आज धार्मिक यात्रा गर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज धार्मिक यात्रा गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो । पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार धार्मिक यात्रा दिउँसो १ बजे मैतीदेवीबाट सुरु भई पशुपतिनाथमा