भक्तपुरबाट सुरु भयो होली
फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पुर्णिमा २०७५ फागुन ३० बिहिबार बाट सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन भक्तपुर स्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात चिरोथान होली पर्वको सुरुवात भएको हो । एक हप्ता अघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरीन्छ । नेपाल भाषाबाट लज्ज
काभ्रेको बेथानचोकको सुन्दरता, हाइकिङका लागि प्रसिद्ध (फोटो फिचर )
। बेथानचोक काभ्रेको रमणीय दृश्यले भरिएको गाउँपालिका हो । च्याम्राङबेसी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङ खर्क र महांकालचौर गाउँ विकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको हो ।१०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बेथानचोकको जनसंख्या २०६८ को जनगणनाअनुसार १४ हजार ३९८ रहेको छ । रमणीय र आकर्षक
महाशिवरात्री : जय शम्भो ! पशुपतिमा, नागा बाबा ! बम बम भोले
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो, बाबा साधु । शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन् । अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता
लाली गुराँसलाई हिँउले यसरी ढाकिदिएपछि
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको उत्तरी म्याग्दीको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट ।हिस्तानको जंगलमा यतिबेला मनै लोभ्याउने गुराँसहरु फूलेका छन् ।हिउँले गुराँसलाई स्पर्श गर्दा निकै मनमोहक दृश्य देखिएको छ । तस्बिरः कमल खत्री,रासस
एउटै गोत्रमा विवाह नगरिनुको खास कारण यस्तो छ
काठमाडौँ । हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ । अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् । नातेदारहरूमा
दाङ घोराहीको चर्चित धार्मिकस्थल पाण्डवेश्वर धाममा विश्वकै अग्लो त्रिशूल
घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिकस्थल हो । उक्त स्थानमा विश्वकै अग्लो त्रिशूल निर्माण गरेपछि पछिल्लो समय यसको अवलोकन गर्नेको भीड यहाँ लाग्ने गरेको छ । उक्त त्रिशूल हेर्न जिल्ला र अन्य छमेकी जिल्ला मात्र नभई नेपाल तथा भारतका तीर्थयात्रु यहाँ आउने गर्छन् । विभिन्न
भोजपुर महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्र बन्दै
भोजपुर- पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा
श्री जगदीश प्रपनाचार्यज्यूको प्रमुख आतिथ्यमा बैकुण्ठधाम भजनघरको उद्घाटन
फाल्गुन ११ गते लक्ष्मीनारायण मन्दिर व्यवस्थापन परिषद्ले आज रुरुक्षेत्रका सामान्य पीठाधीश स्वामी श्री जगदीश प्रपनाचार्यज्यूको प्रमुख आतिथ्यमा काठमाण्डौँ महानगरपालिका वडा नं. १४ सन्तोषीनगरमा रहेको श्री लक्ष्मीनारायण मन्दिरपरिसरमा निर्मित श्री बैकुण्ठधाम भजनघरको उद्घाटन तथा उक्त भजनघरको निमाणर्थ
धनलाभका लागि रूद्राक्ष धारण ! कुन राशिका लागि कति मुखे राम्रो ? पढेर सेयर गर्नुहोस्
एजेन्सी, धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले
‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुने धार्मिक विश्वास यस्तो छ
हिन्दूकाशास्त्रमा उल्लेख भएअनुसा ब्रम्हाण्डमा चार ओटा युग हुन्छ । पहिलो सत्य युग दोस्रो द्वापर युग तेस्रो त्रेता युग र चौथो कलि युग । हिन्दुलाई मान्ने हो भने अहिलको सयम कलियुग अन्तर्गतको कालखण्ड हो । जसलाई शास्त्रले अन्तिम युग भनेको छ । तर, विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक उल्लेख छन् । चार युग मध्येको