नयाँ वित्तीय वर्षको पहिलो दिन नै नेप्से परिसूूचक हिजोको तुलनामा ३२.४२ अंकले बढ्यो
आज साउन १ गते (बिहीबार) अर्थात् नयाँ वित्तीय वर्षको पहिलो दिन नै नेप्से परिसूूचक हिजोको तुलनामा ३२.४२ अंकले बढेर नेप्से परिसूूचक १३९४.७७ विन्दुको उचाइमा पुगेको छ। यो साताको सुरुदेखि नै नेप्से परिसूूचकले झिनो अंकले सकारात्मक लय समातिरहेकोमा आज साताको अन्तिम दिन भने ३३ अंक हाराहारीले बढ्दा उछाल आएको छ। बैंकहरुको
साउन ८ बाट माउन्टेन इनर्जीले आईपीओ बिक्री गर्ने
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ साउन ८ गतेबाट निष्कासन गर्ने भएको छ।कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको
(नेप्से)आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको छ ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज १४.९० अंकले बढेको छ । आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपियाँ बराबरको कारोबार भएको छ । होटल, उत्पादनमूलक,
मौद्रिक नीतिको प्राथमिकतामा बिग मर्जरलाई जोड
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थसमितिमा मौद्रिक नीतिका प्राथमिकता पेश गरेका छन् । मौद्रिक नीतिकामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा मर्ज गर्ने विषयलाई पहिलो प्राथमिकता दिएको छ । वित्तीय स्थायित्वलाई बढवा दिने भन्दै केन्द्रीय बैंकले आगामी आवको मौद्रिक नीतिमा
बैङ्कलाई ब्रोकर लाइसेन्स दिन सिफारिस, कम्पनीहरू अनिवार्य पब्लिक लिमिटेडमा दर्ता भई नेप्सेमा सूचीकृत हुनुपर्ने निर्णय
काठमाडौं । बैङ्ककलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियामक निकायलाई नै जिम्मेवारी दिने निर्णय संसदको अर्थ समितिले गरेको छ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकले सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले दिएको प्रतिवेदनलाई पारित गर्दै बैङ्कलाई लाइसेन्स दिने निर्णय
नेप्सेमा उछालमा नेगेटिभ सर्किट लाग्यो, बजार ८० अंकले घटेर कारोबार नै बन्द
६ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोबार स्थगन गरेको हो । स्टकका अनुसार नेप्से ८०.४१ विन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक
नेप्सेमा यसरी उछाल आयो, लगानीकर्ता मालामाल बने
काठमाण्डौ । नेप्से परिसूूचकमा मंगलबार र बुधबार ६ प्रतिशतले पोजेटिभ सर्किटलागेर कारोबार समयअगावै बजार बन्द भयो । सेयर मार्जिन कर्जाको सीमा बढ्ने सुुनिश्तिता हुुनुु, अधिक तरलता, ब्याजदर घट्दो क्रममा जानुुलगायत सकारात्मक विषयले समेत लगानीकर्ताहरुको मनोबल देखिन्छ। बजारमा सेयर खरिदका लागि अत्याधिक
एनआईसी लघुवित्तको सबैले १० कित्ता सेयर पाउने, आइपीओ बाँडफाँड आइतबार
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको प्रि- अलटमेन्ट बिहीबार बाँडफाँड हुने भएको छ । यस्तै अन्तिम बाँडफाँड भने आइतबार हुने भएको छ । लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले
शेयर बजार खुलेकै दिनमा यसरी पहिरो गयो, नेप्से ५० अंकले घट्यो
काठमाडौं। बजार खुलेको सुरुको एक घण्टा सूचक उच्च दरले झरेको थियो। ४८ अंक अर्थात ४ प्रतिशतले घटेपछि २० मिनेट सर्किट ब्रेकर लगाउनु परेको थियो। त्यसपछि खुलेको बजार ५० अंकसम्म घटेको थियो। १२.८७ अंक घटेर बजार बन्द भएको हो। सुचक ११८८ अंकमा रोकिएको छ। सोमबार बजारमा ३४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार
साउनबाट निक्षेपको ब्याज घटाउदै बैंकहरु, न्युनतम १ देखि २ प्रतिशतसम्म घट्ने
ऋण घटिरहने तर खर्च हुने निक्षेप भने बढिरहँदा बैंकहरुले साउन १ गतेबाट बचतको ब्याज दर घटाउने तयारी गरिरहेका छन्। लकडाउनअघिभन्दा अहिले ऋण रकम नै घटिरहेको छ। निक्षेप भने तुलनात्मक रूपमा उच्च दरले बढिरहेको छ। एकातिर ऋणको ब्याज घटाउने दबाब छ भने अर्कोतिर निक्षेपको लागत पनि कम गर्नु पर्ने छ। दोहोरो मारमा