शेयरबजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ७२.१ प्रतिशत रहेको छ
काठमाडौं, १६ चैत । शेयरबजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ७२.१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिना अवधिमा सूचीकृत कम्पनीहरूमध्ये उक्त कम्पनीहरूको पूँजीकरण सबैभन्दा धेरै रहेको हो । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन
नेपाल राष्ट्र बैंकले रू.आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने
काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आज (सोमवार) रू. आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रू. पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख
आगामी वर्ष २०७८ मा बैङ्कका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन्
काठमाडौं । आगामी वर्ष २०७८ मा बैङ्कका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्क जनशक्ति व्यवस्थापन विभागले सार्वजनिक गरेको बैङ्कका कर्मचारीले पाउने बिदाको सूचीमा राष्ट्रिय र क्षेत्रीय गरी ३५ दिन रहेको हो । यस्तै सरकारले अपर्झट घोषणा गर्ने सार्वजनिक बिदा पनि बैङ्कका कर्मचारीले पाउनेछन्
नेपालमा सहकारी संस्थाहरु डिजिटल प्रविधि उन्मुख बन्दै
काठमाडौं, १३ चैत । नेपालमा सहकारी संस्थाहरु डिजिटल प्रविधि उन्मुख बन्दै गएको राष्ट्रिय सहकारी विकास बोर्डले बताएको छ । पछिल्लो समय बैंक तथा वित्तीय सस्थाहरु इन्नोभेशन र प्रविधिको प्रयोगमा अघि बढेसँगै सहकारी संस्थाहरुले पनि अनलाइन र डिजिटल माध्यमबाट सेवा दिन थालेको बोर्डका उपाध्यक्ष दक्ष पौडेलले बताए
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्
काठमाडौं, १३ चैत । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.२९ अंक घटेर २५४८.९६ विन्दुमा रोकिएको हो । यो दिन परिसूचक गत दिनको तुलनामा ०.८३ प्रतिशतले घटेको हो । २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार ७७७ कित्ता शेयर ६ अर्ब ४० करोड ३३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको
मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’बाटै तिर्न सकिने
काठमाडौं, ११ चैत । मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’बाटै तिर्न सकिने भएको छ । खल्ती र सिडिएस एण्ड क्लियरिङको सहकार्यमा अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नविकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने छ । यो सम्झौतामा सिडिएस एण्ड क्लियरिङ
नबिल बैंकले अमेरिकी डलर ‘नबिल आइकार्ड’ ल्याएको छ
काठमाडौं, ११ चैत । नबिल बैंकले अमेरिकी डलर ‘नबिल आइकार्ड’ ल्याएको छ । बैंकमा खाता रहेका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर पाँच सय बराबरको इ–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी भारत बाहेकका देशमा भुक्तानी गर्न सक्छन् । उक्त कार्ड लिनका लागि ग्राहकहरुको खातासंगै प्यान कार्ड पनि
नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ
काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्न लागेको हो । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै इच्छुक बैंक तथा वित्तलाई भोलीसम्म प्रस्ताव पेश गर्न आग्रह गरेको छ । बैंकले २०७८
वाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उत्साहजनक वृद्धि
काठमाडौं, ११ चैत । वाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल बैंकर्स संघद्वारा सोमवार सार्वजनिक तथ्यांकअनुसार १ महिना अवधिमा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवै उल्लेख्य रुपमा बढेको पाइएको छ । संघका अनुसार चैत पहिलो हप्ता २७ वाणिज्य बैंकको कर्जा प्रवाह २३ अर्ब बढेको