साताको दोस्रो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ
काठमाडौं, ६ बैशाख । यो साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से ३७.५८ अंकले घटेर २६६१.९१ विन्दुमा झरेको छ। हिजो पनि नेप्सेमा ३५.८९ अंकको घटेको थियो । कारोबारमा आएका १३ समूह मध्ये हाइड्रोपावर र फाइनान्स बाहेक अरु सबै कम्पनीको परिसूचक घटेको छ। हाइड्रोपावर
अर्थ मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ
काठमाडौं, ५ वैशाख । अर्थ मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट तयारी भइरहेका बेला सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो । मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । वीरगन्ज भन्सारका प्रमुख महेश
चालू आर्थिक वर्षको ८ महिनामा पुनर्कर्जातर्फ ८८ अर्ब ८६ करोड रुपैयाँ लगानीमा रहेको छ
काठमाडौं, ६ वैशाख । चालू आर्थिक वर्षको ८ महिनामा पुनर्कर्जातर्फ ८८ अर्ब ८६ करोड रुपैयाँ लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७७ फागुन मसान्तमा सो परिमाणमा लगानी भएको हो । समीक्षा अवधिमा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द
काठमाडौं, ५ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज परिसूचक ३५.८९ अंक घटेर २६९९.५१ विन्दुमा रोकिएको हो । बजार घटेपनि कारोबार भने ८ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको भएको छ । आज २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक
चालू आर्थिक वर्षको ८ महिनामा निजीक्षेत्रमा कर्जा प्रवाह दोहोरो अंकले बढेको छ
काठमाडौं, ४ वैशाख । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबाट चालू आर्थिक वर्षको ८ महिनामा निजीक्षेत्रमा कर्जा प्रवाह दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुउार सो अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा
नेपाल राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोन गरेको छ
काठमाडौं, २ वैशाख । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोन गरेको छ । केन्द्रीय बैंकले सो अवधिमा रिभर्स रिपोमार्फत रू. १ खर्ब ९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत रू.१ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल उक्त परिमाणमा तरलता
शेयर बजार परिसूचक नेप्से १७ अंकले बृद्धि
काठमाडौं, ३० चैत । यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेको छ । नेप्से परिसूचक १७. २० अंकले बढेर २६९१.५५ विन्दुमा पुगको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले बढेको छ । कारोबारमा आएका १३ समूह मध्ये ६ समूहको सूचक नकारात्मक छ । बाँकी ७ समूहको सूचक भने सकारात्मक छ । शेयर कारोबार
मुद्दती निक्षेपमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको कुल १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ आगामी वैशाख २ गतेदेखि लागू हुने गरी एक वर्ष अवधिका लागि बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो । त्रैमासिक
सन्राइज बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग अन्तर्गत ई–कार्ड सञ्चालनमा ल्याएको छ
काठमाडौं, १७ चैत । सन्राइज बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग अन्तर्गत ई–कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सन्राइज ई–कार्ड संचालनमा ल्याएको हो । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका
शेयर बजार ३२.१५ अंक वृद्धि भएर बन्द भएको छ
काठमाडौं, १७ चैत । शेयर बजार ३२.१५ अंक वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन घटेको परिसूचक आज वृद्धि भएर २५७५.६६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशत वृद्धि भएर ४५६.१० विन्दुमा पुगेको हो । आज २०९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँमा